निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यास र हवाई इन्धनको यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेकाे छ । बिहीवार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीवार मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको निगमले जनाएको छ ।

यसअघि निगमले १७ माघमा इन्धनको मूल्य बृद्धि गरेकाे थियाे।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर