डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालाेमाेसाे

दूग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई कालोमोसो दलिएको छ।

झालाई लैनचौरस्थित कार्यकक्षमै पुगेर मोहन वैध समूहनिकट मानिने कम्युनिष्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठनको समूहले कालोमोसो दलिएको बताइएको छ।

डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सो संगठनका तीन जना कार्यकर्ताहरूले झालाई भेटघाटका लागि भन्दै कार्यालयमा आएको र उनीहरूले नै कालोमोसो दलेको स्रोतले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर