कांग्रेस केन्द्रीय समिति बैठकमा महर भन्छन् : मेरो फरक प्रस्ताव आउँछ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेकाले आफूले फरक प्रस्ताव ल्याउने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै नेता महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँग छलफल नगरी तयार भएकाले स्वामित्व लिने नसकिने र आफूले फरक प्रस्ताव पेस गर्ने बताएका हुन्।

उनले भने, ‘पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्ताव ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यहरूसँग छलफल भएन । महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *