एसीसी महिला प्रिमियर कप क्रिकेटः नेपाल मलेसियासँग पराजित

एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल घरेलु टोली मलेसियासँग चार विकेटले पराजित भएको छ । जितका लागि एक सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।
मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रनको योगदान दिइन् । उनले ५३ बल खेल्ने क्रममा छ चौका प्रहार गरिन् । साथै मास एलिसाले १३, महिराह इजातीले १६ र वान जुलियाले ११ रन बनाए ।
नेपालका लागि सीता रानामगर र  कविता जोशीले दुईरदुई विकेट लिए भने रुविना क्षेत्री र  कविता कुँवरले एक-एक विकेट लिए ।
त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा  एक सय १५ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु बर्मा सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् । त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५, सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र  रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन ।
मलेसियाकी महिराह इजाती इस्मालीले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर