काठमाडौं प्रहरीका डीएसपी चढेको प्रहरी जीप दुर्घटना

प्रहरीका नायब उपरीक्षक (डीएसपी) चढेको जीपलाई यात्रुबाहक बसले ठक्कर दिँदा डीएसपीसहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पवन भट्टराईले प्रयोग गर्दै आएको बा २ झ १२६ नम्बरको प्रहरी जीपलाई शनिबार बिहान बबरमहलमा यात्रुवाहक बसले ठक्कर दिएको हो ।

दुर्घटनामा डीएसपी भट्टराईसहित पाँचजना प्रहरी अधिकारी घाइते भएका छन् । उनीहरुको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइररहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर