त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता हुँदै

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ ।  त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो ।

अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा  हुनेछ । समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ ।

त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।

अन्तर्वार्तापछि समितिले सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको उपकुलपति नियुक्तका लागि कुलपति समक्ष सिफारिस गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर