समाजवादी मोर्चाको संयोजकमा विप्लव

समाजवादी मोर्चा नेपालको संयोजकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन्। आइतबार बिहान बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोक्ने निर्णय गरेको हो।

मोर्चामा नेकपा माओवादी केन्द्र,जनता समाजवादी,एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आवद्ध छन्। गत असार ४ गते चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा नेपालको घोषणा भएकाे थियाे।

यसअघि एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व सम्हालेका थिए। चार-चार महिना आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार सुरूमा दाहाल र त्यसपछि नेपालले नेतृत्व सम्हालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर