प्रतिनिधि सभा बैठक (प्रत्यक्ष)

प्रतिनिधि सभाको बैठक चलिरहेको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन्।

सांसदसँगको प्रत्यक्ष प्रश्न(उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन्।

प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन्।

यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन्। ती प्रश्नको प्रधानमन्त्री दाहालले संसद बैठकमा जवाफ दिनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर