सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर