नेपालमा अमेरिका, चीन, भारत र पाकिस्तानसहित १९ देशका सेनाको संयुक्त अभ्यास

नेपाली सेनाले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन, भारत र पाकिस्तानसहित १८ देशका सेनाको संयुक्त सैन्य अभ्यास आयोजनागर्न थालेको छ । नेपाली सेनाले ‘अभ्यास-शान्ति प्रयास’को चौथो संस्करण आयोजनागर्न लागेको हो ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ८ देखि २१ फागुनसम्म आयोजनाहुने यो सैन्य अभ्यासमा संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त राष्ट्रहरुमा सहभागी हुने फौजका लागि आवश्यक तालिम अभ्यास गराइन्छ ।

यसपटक नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इण्डाेनेशिया, फिलिपिन्स, मलेशिया, मंगाेलिया, थाइल्याण्ड, दक्षिण काेरिया, भियतनाम, उरुग्वे, फिजी, घाना र नाइजेरियाको सहभागिता रहनेछ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले अभ्यासको तयारी पुरा भएको पर्दाफासलाई बताए । उनले  नेपालसहित १९ देश सहभागी हुने बताए ।

नेपालमा यसअघि तीनपटक आयोजना भइसकेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करणका लागि १८ देशका सैनिक नेपाल आउन लागेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार फिल्ड ट्रेनिङ इभेन्ट (एफटीई) मा १२ प्लाटुनका ६८९ जना, नेपाली सेनाका २ र अन्य देशका १० जना, स्टाफ ट्रेनिङ इभेन्ट (एसटीई) का ११० जना, नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ जना र क्रिटिकल एनेबलर र क्षमता समावेश छ। संवर्द्धन (टुसीई) यस कार्यक्रममा नेपाली सेनाका २६९ र विदेशी सेनाबाट ५७ गरी ३२६ जना गरी कुल १११५ जनाको सहभागिता रहनेछन्।

यो अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ (जीपीओआई)को सहयोगमा सञ्चालन हुने सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । अभ्यासको पूर्वतयारीस्वरूप २५ देखि २९ मंसिरसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अस्ट्रेलियालगायतका प्रतिनिधिहरू सम्मिलित योजना सम्मेलन भएको सेनाले जनाएको छ ।

नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकाका सैनिकको सहभागितामा नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति सञ्चालन भएको थियो । सन् २०१३ मा २३ राष्ट्रका ८५० सैनिकको सहभागीतामा दोस्रो, सन् २०१७ मा २९ राष्ट्रका ११३५ सैनिकको सहभागितामा तेस्रो संस्करण अभ्यास भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर