पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बढायो पोखरेलीको चिन्ता

चीनको ऋणमा बनेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन् । यस्तै चीनको सरकार अधिनमा रहेको बैंकको महँगो ब्याज र किस्ताको समयसीमा घर्किन थालेको छ । पोखराबासीका लागि ‘गेम चेञ्जर’ परियोजनाको हविगतपछि पोखराबासीले चिन्ता ब्यक्तगर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै आज एक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत पोखरावासीले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विमानस्थललाई पूर्ण क्षमताअनुरूप संचालन गर्न विभिन्न सरोकारवालाहरूले सरकारलाई आग्रह गरेका छ्न्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखरावासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले बिमानस्थलको पुर्ण संचालन आजको आवश्यकता रहेको भन्दै सरोकारबालाहरूको ध्यानाकर्षण गराएका थिए।

सुनावाईमा प्रमुख वक्ताको रूप उद्योग वाणिज्य संघका पूर्व केद्रीय अध्यक्ष आनन्द राज मुल्मी, विश्लेषक युगनाथ शर्मा पौड़ेल, पर्यटन विशेषज्ञ वासुदेव त्रिपाठी, समाज सेवी कुमार राना, पत्रकार महासंघ कास्कीकी जिल्ला अध्यक्ष विमला भण्डारीलयायतले आफ्नो धारणा राखेका थिए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले कार्यक्रममा विभिन्न आवाजहरू सुनिने र सरोकारहरूलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने सुनिश्चितगर्दै कार्यक्रमको सञ्चालन गरेका थिए।

पोखरावासीहरूको सामूहिक सन्देश स्पष्ट थियो कि अन्तर्राष्ट्रिय विमानस्थलको निष्क्रियता अस्वीकार्य छ र यसको सञ्चालनमा बाधा पुर्‍याउने तत्वहरुलाई सम्बोधन गर्न तत्काल कदम चाल्नु आवश्यक छ।

जनवरी २०२३ मा विमानस्थलको औपचारिक उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेलीहरू निराश छ्न। अर्को तर्फ विमानस्थल निर्माणको लागि लिएको ऋणको बारेमा समेत स्थानीय मात्र नभई पूरा देश चिन्तित छ। तसर्थ, सो कार्यक्रमबाट राष्ट्रलाई परेको आर्थिक भार कमगर्दै चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न वक्ताहरूले सरकारलाई आग्रह गरे।

त्यस्तै, एयरपोर्टको निर्माण प्रक्रियामा भ्रष्टाचार भएको आरोपहरूबारे समेत आवाज उठाउदै वक्ताहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गहन छानबिनको समेत माग गरेका छ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर