मेलम्चीमा भ्रष्टाचार

यो मुद्दामा रौँ बराबरको पनि दम छैनः भीमप्रसाद उपाध्याय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष पूर्वसचिव भीमप्रसाद ढकालबिरुद्ध दर्ता गरेको भ्रष्टाचार मुद्धामा कुनै दम नभएको टिप्पणी उनै उपाध्यायले गरेका छन् ।

उनले मुद्दा दर्ताभएपछि आइतबार राती सामाजिक सञ्जाललमा आफु नेपाल फर्केपछि विशेष अदालतमा उपस्थित भएर भ्रष्टाचारको सत्यतथ्य बाहिर ल्याउने समेत बताएका छन् ।

आयोगले आइतबार पूर्वसचिव तथा सामाजिक अभियन्ता उपाध्यायसहित १८ जना बिरुद्ध करिब आठ अर्ब रुपैयाँ हिनामिना भएको आरोपसहित मुद्दा दर्ता गरेको थियो ।

आयोगले मेलम्ची खानेपानी विकास समिति बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा। सञ्जय शर्मा, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल, बोर्डका तत्कालीन अध्यक्ष तथा मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय, बोर्डका तत्कालीन अध्यक्ष तथा मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बोर्डका तत्कालीन सदस्य रुद्र सिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

हाल सहसचिव तामाङ अध्यागमन विभागका महानिर्देशक हुन् ।

यस्तै, मेलम्ची खानेपानी समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कँडेल, समितिका तत्कालीन उपसचिव ९लेखा० मणिभद्र न्यौपाने, समितिका तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपाने, समितिका तत्कालीन उपसचिव ९लेखा० बेगनाथ पौडेल, तत्कालीन उपसचिव ९लेखा० केदारप्रसाद अर्याल, समितिका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर तथा उपकार्यकारी निर्देशक भोगविक्रम थापाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

यस्तै, परामर्शदाता कम्पनीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, परामर्शदाता इप्टिसा सर्भिस डिजाइनर्स एसएल र बेट्स कन्सल्टिङ सर्भिस लि। जेभी, निर्माण व्यवसायी इटालियन कम्पनी सीएमसीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

निर्माणमा संलग्न सीएमसी कम्पनीलाई काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन र अन्य निर्माण सामग्री सीएमसीले प्रयोग गरेबापतको शुल्क नकाटी भुक्तानी गरेको, पछिल्लो बिलबाट समायोजना गर्ने भनिएको बढी भुक्तानी रकम समायोजन नगरिएको भन्दै उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

सरकारले २०७० असार ३१ मा सीएमसीसँग ७ अर्ब ७२ करोड रकममा मेलम्ची खानेपानी योजना निर्माणको ठेक्का सम्झौता गरेको थियो । तर, काम नै नसकी उक्त कम्पनी २०७५ मंसिर २९ मा भागेको थियो । त्यस अवधिसम्म कन्ट्रयाक्टर, कन्सल्ट्यान्ट र कर्मचारी तिनै पक्षको संलग्नतामा भएका काम ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐनविपरीत देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन सचिवहरु शर्माविरुद्ध ६ करोड ९७ लाख, उपाध्यायविरुद्ध ४ करोड ११ लाख र ठाकुरविरुद्ध ६० करोड ४९ बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ ।

यस्तै, तामाङबाट ११ करोड ९ लाख, थापाबाट ७१ करोड ५८ लाख, भट्टराईबाट २२ करोड ७५ लाख बिगो, जरिवाना र कैद मागदाबी गरिएको छ । तत्कालीन कार्यकारी निर्देशक देवकोटाबाट ३२ करोड ३५ लाख, कँडेलबाट ८९ करोड ८ लाख, मणिभद
न्यौपानेबाट ३२ करोड ३५ लाख, रामचन्द्र न्यौपानेबाट ३२ करोड ३५ लाख बिगो, जरिवाना र कैद सजायको माग अख्तियारले गरेको छ ।

बोर्डका तत्कालीन उपसचिव पौडेल, अर्याल र डिभिजनल इन्जिनियर थापाबाट पनि समान ३२ करोड ३५ लाख बिगो मागदाबी गरिएको छ ।

पूर्वसचिव उपाध्यायले डेढ वर्षअघि आफु अख्तियारमा पुगेर यसबारेमा आफ्नो लिखित प्रतिक्रिया दिएको समेत बताएका छन् ।

उनले यो मुद्दा दायर गर्न पर्ने बिषय नै नभएको समेत दाबी गरेका छन् । उनले परियोजनाको आर्थिक तथा व्यवस्थापकिय पक्षलाई भ्रष्टाचारभन्न नमिल्ने जिकिर समेत आफ्नो् पोस्टमा गरेका छन् ।

‘मुद्दामा रत्ति दम छैन। अधिकार हुनेले अधिकारको दुरूपयोग गर्न सक्छन्। यसको दोष लिने कुरा हुदैन। मेलम्ची टनेल प्रोजेक्ट कूल ८ अर्ब रुपैयाँको ठेक्का हो, राज्यको हिनामिना ७ अर्ब भएको भनेर मुद्दा परेको भनिएको रहेछ।
अभियोजनको डिटेल अझै अध्ययन गर्न पाएको छैन। मसंग सोधिएको कुरा तपाईँ अध्यक्ष भएको मेलम्ची बिकास बोर्डका ५ सदस्यबाट अनुमोदन गराई किन ठेकेदारलाई बिनाब्याज पेश्की दिएको भनिएको हो, जति रकम पेश्की दिएको छ त्यसको ब्याज राज्यलाई हानी गर्यो भनिएको रहेछ। त्यो पेश्कीको ब्याज र ब्याजको स्याज वर्षौँको जोडेर बिगो कायम गरेको बुझियो, ‘उनले लेखेका छन् ।

आफु २०७३ कार्तिक देखि २०७४ भदौ १२ गतेसम्म खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष भएको उनले उल्लेख गरेका छन् ।

‘म ३ करोड नेपालीका सामू ढुक्क संग भन्छु, मबाट देशहितको काम बाहेक मेलम्चीमा कुनै गल्ती गरेको थिएन, छैन। देशको हितमा काम गर्नु गल्ती हुदैन त्यो पनि काकाकूल ४० लाख उपत्यकाबासीलाई पानी खुवाउने पवित्र काम गर्दा। मेलम्चीका कसैले मलाई १ रूपैया कुनै बेला दिएको छन् भने भनून्। मिटिंगमा चिया खाजा त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन, ‘उनले लेखेका छन् ।

उनले अगाडी थपेका छन्, ‘देश फर्कनासाथ अदालतमा आफ्नो सफाईका लागि उपस्थित हुनेनै छु। मेरा सबै शुभचिन्तकहरूले मन खिन्न नपार्नुहोला। कहिले काही भाइरस लागेर रूघाखोकी लाग्छ। सामान्य उपचार गर्नुपर्छ । मेरो हकमा यो मुद्दामा रौँ बराबरको पनि दम छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *