हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्व शान्ति महायज्ञ

हिन्दु, बौद्ध, किराँतविधि अनुसार काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञको आयोजना हुने भएको छ । सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताको सन्देश सहितपितृ उद्धारका निमित्त महायज्ञ गर्न लागिएको महारुद्र परिवार फाउन्डेसनले जनाएको छ । शिवरात्रीको अवसर पारेर फागुन १९ देखि २६ गतेसम्म एक साता कार्यक्रमको आयोजना हुनेछ । अष्टम पूजा, मुन्धुम पाठ, वेद पाठ, दोमाङ पाठ, श्रीमद्भागवत पाठ, मूलपाठ पारायण, प्रज्ञा पारमिता पाठ, मोन्लमआदिहिन्दु, बौद्ध, किराँत ३ वटै धर्म विधि अनुसार पितृहरुको उद्धारको कामनासहित पाठपूजा गरिने कार्डमा उल्लेख छ । साथै प्रवचन, दैनिक हवन, रासलिला, भजन कीर्तन, ताण्डव नृत्य, धामी झाँक्री पनि प्रदर्शन गरिने भएको छ । महायज्ञमा हिन्दु, बौद्ध र किराँत ३ वटै धर्मका धेरै गुरुहरु एक सातासम्मै उपस्थित रहनेछन् ।

हिन्दु, बौद्ध, किराँतएकताको सन्देश सहित यो महायज्ञको आयोजनागर्न लागिएको महारुद्र परिवार फाउन्डेसनको अध्यक्ष खगेन्द्र पोख्रेल बताउँछन् । ‘हाम्रो देश नेपाल संस्कृति र प्रकृतिमाविश्वमै धनी देश हो । बहुलजाती, बहु भाषा, बहु धर्म, बहु संस्कृत भएको हाम्रो देशमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताआजको आवश्यकता रहेको छ ।’ अहिले धर्म धर्म बिच दुरी बढ्दै गईरहेको बेला यो महायज्ञले धार्मिक एकतालाई अझमजवुतबनाई एकअर्काे धर्मको सम्मान, सद्भाव र एकताकायम राख्न सहयोग गर्ने उनले बताए। यो विश्वशान्ति महायज्ञ धार्मिक रुपमामात्रै नभई राष्ट्रिय र विश्वव्यापी रुपमै आवश्यक र महत्व रहेको उनको भनाई छ । महायज्ञको लागिपूर्व युवराज्ञी हिमानीशाहलाई भेटेरसमेत निमन्त्रणा दिईसकेको र अन्यविशेष व्यक्तिहरुको उपस्थिति रहने पोख्रेल बताउँछन् ।

यस महायज्ञलाई शिवसेना नेपालले विशेष साथदिएको छ । नेपालबाट युवाहरु दैनिक विदेश पलायन भईरहेको समयमा केही युवाहरुले यस्तो विशेष कार्यक्रम आयोजना गर्न लागेको देखेर आफुले साथ दिएको शिवसेना नेपालको केन्द्रीय अध्यक्ष अनिल बस्नेत (अनिलबाबा) बताउँछन् । यो महायज्ञ विश्व र नेपालको सन्दर्भमा आजको समयमाअति नै आवश्यक रहेको छ । यसले धार्मिक सद्भाव, सहिष्णुता र एकतालाई बचाईराख्ने मात्रै नभई विश्वमै राष्ट्रिय गौरव बढाउने भएकाले यस्तो कार्यक्रमलाई नेपाल सरकारले नै आयोजना र सहयोग गर्नुपर्ने बताए। यो पवित्र र महत्वपूर्ण कार्यक्रममा सबैले सहयोग गरेर साथदिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमलाई सफल बनाएरै छाड्ने संस्थाका सचिव कुवेर गौतम बताउँछन् । भगवानको कृपाले सहयोगीहातहरु बढ्दै गएको र निस्वार्थ सहयोग गर्न चाहनेहरुका लागि पनि सहयोगको ढोका खुल्लै रहेको गौतम बताउँन् । विश्व शान्ति महायज्ञ व्यवस्थापन समितिको अध्यक्षमा सिर्जना कार्की, सचिवमा सन्देश श्रेष्ठ, सहसचिवमा नितु घिमिरे र कोषाध्यक्षमा खेम खरेल रहेका छन् । गत वर्षको भन्दा यो वर्षको कार्यक्रम भव्य र बृहत् हुने कोषाध्यक्ष खरेल बताउँछन् । कार्यक्रमको व्यवस्थापनमा कमजोरी नहोस् भनेर हामीले नयाँ कार्यसमति नै गठन गरेर लागि परेका छौँ । स्वयंसेवकहरु नै तीन दर्जनभन्दा बढी उपस्थित रहने उनी बताउँछन् ।

विश्वकै ठूलो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथमा रहेर यो हामीले विश्वशान्ति महायज्ञ गर्न पाउनु नै ठूलो कुरा हो । यसले विश्वमै शान्ति फैलियोस् भनेर हिन्दु मात्र नभएर बौद्ध, किराँत तिन ओटै पूजाविधि अनुसार नै पितृ उद्धारको कामना सहितकार्य गरिने हुँदा महायज्ञ महत्वपुर्ण भएको संस्थाका सदस्य त्रिलोचन सुवेदीले बताए । कार्यक्रमको क्रिएटीभ पार्टनरको रुपमा ऐना आर्टस् रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *