त्रिवि उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आइतबार प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बराल, धमला र बुढाथोकीको नाम सिफारिस गरिएको जनाएको छ ।

अब प्रधानमन्त्रीले उनीहरूमध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नेछन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *