‘नइ भावि पुरस्कार’ स्त्री रोग विशेषज्ञ डा.सरस्वती पाध्येलाई

नइ प्रकाशनले प्रदानगर्ने ‘नइ भावि पुरस्कार’ स्त्री रोग विशेषज्ञ डा. सरस्वती पाध्येलाई दिईने भएको छ।

६ दशकदेखि नारीहरूको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा अविरल समर्पित स्त्री रोग विशेषज्ञ डा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको हो।

नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो।

पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर