पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् ।

खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए । अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *