ग्राहककाे खाताबाट रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक वीरगञ्जबाट पक्राउ

प्रहरीले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयको जाहेरीका आधारमा सोही बैंकका सहायक प्रवन्धक रोहितकुमार ओझालाई पक्राउ गरेकाे छ। उनलाई अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।

ब्यूरोले उनीबिरुद्ध थप अनुसन्धान गरिरहेको छ ।

ब्यूराे प्रमुख एआईजी किरण बज्राचार्यले ओझा पक्राउ परेको पुष्टिगर्दैै उनले ग्राहकको खाताबाट एककरोड ३७ लाख रुपैयाँ निकालेको पर्दाफासलाई बताइन् । ‘हामी अनुसन्धान गरिरहेका छौं, कोरियामा रहेका ग्राहकको खाताबाट ठुलो रकम निकालिएको छ,’ एआईजी बज्राचार्यले पर्दाफाससँग भनिन् ।

प्रहरीका अनुसार वैदेशिक रोजगारमा रहेका एकजना ब्यक्तिले बैंकको पोखरिया शाखामा रहेको खातामा नियमित रकम जम्मा गरिरहेका थिए । तर, उनले कसैलाई भुक्तान नगरेको अवस्थामा समेत खाताबाट रकम हराएपछि उनले बैंकमै उजुरी गरेका थिए ।

उनको उजुरीपछि बैंकको केन्द्रीय कार्यालयले छानबिनगर्दा सहायक प्रवन्धक ओझाले ती ब्यक्तिको खाताबाट आइपीएस मार्फत रकम निकालेको भेटिएको थियो । यस्तै ओझाले उनकै खाताबाट घरायशी सामाग्री किनमेल गरेको समेत भेटिएपछि बैंकले प्रहरीमा जाहेरी दिएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कमाण्ड सम्हालेयता बैंकभित्र दण्डहीनतालाई शून्य सहनशीलताको सिद्धान्तमा अघि बढाएका छन् ।

वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा तीन अर्ब ६५ करोड नाफा कमाएको छ । यो हिसबाले असार मसान्तसम्ममा नाफा ८ अर्ब रुपैयाँ नाघ्ने देखिन्छ । नाफाको हिसाबले वाणिज्य बैंक अन्य बैंकहरुको तुलनामा पुस मसान्तसम्म दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर