आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज(बुधबार) देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।

मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

One thought on “आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  1. बाग्मती प्रदेश मा पानी पर्ने सम्भावना कत्ती रहेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर