स्वयम्भू घटनाः फरार भनिएका श्रीमान झुण्डिएको अवस्थामा मृत फेला

प्रहरीले तीनजनाको हत्यामा संलग्न रहेको आशंका गरेका ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार स्वयम्भूमा तीनजनाको हत्यामा संलग्न रहेको आशंका गरिएका मृतकका श्रीमान राजु घिमिरे घटनास्थलभन्दा केही टाढा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए ।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।

अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्।

ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया नाताले नातिनीपर्ने शिवानी श्रेष्ठ मृत फेला परेका थिए ।

प्रहरीका अनुसार घटनास्थलमा श्रीमान घिमिरे थिएनन् । प्रहरीले उनकाे खाेजी गरिररहेका समयमा उनी मृत फेला परेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर