![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका बहुमत महासमिति सदस्यको हस्ताक्षर, आज पूरक प्रस्ताव लगिँदै
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा पार्टीको जारी महासमिति बैठकमा उपस्थित बहुमत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरिएको छ ।
कुल १ हजार ९ सय ५० प्रतिनिधि छनौट गरिएकामा एक हजार जनाले हस्ताक्षर गरेको महाअभियानका संयोजक शंकर भण्डारीले बताए ।
बुधवार साँझसम्ममा बहुमत महासमिति सदस्यहरूले हस्ताक्षर गरेको उनले बताए । हिन्दु राष्ट्र नेपाल स्थापना सम्बन्धि पूरक प्रस्ताव महासमिति बैठक पेश गर्ने सम्बन्धमा बिहान पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भएको र बिहीबारको बैठकमा पेश गरिने उनले जनाए ।
यो अभियानमा साथ दिन सबै महासमिति तथा पार्टीका नेता तथा शुभेच्छुकहरूसँग उनले अपिल पनि गरेका छन् ।
प्रतिक्रिया