मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार खड्काको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दार लेखबहादुर खड्काको मृत्यु भएको छ । प्रहरी वृत्त बानेश्वर दरबन्दी भई हाल प्रहरी बिट कृष्ण मन्दिरमा कार्यरत हवल्दार खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

मंगलबार बेलुकी ड्युटीको लागि जाँदै गर्दा उनले चलाएको बा ९९प २८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि बाँसबारी ब्युरो अस्पताल लगिएको थियो । उपचारको क्रममा बुधबार बेलुकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी १२ पुष २०६१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । २६ मंसिर २०७५ मा प्रहरी हवल्दारमा बढुवा भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर