किसान आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई लामिछानेको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देशभरका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए । उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिए ।

उनले भूमिहीन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए । चुनावी फण्डा नभई सुकुम्बासी आयोग र भूमि आयोगले विशेष ध्यान दिई समस्या समाधान गर्नुपर्ने बताए ।

‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्दछन् । होशियार रहनुहोला । भूमिहिन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको छ, यसलाई चुनावी फण्डा होइन, सुकुम्वासी आयोगले, भूमि आयोगले विशेष गरी विशेष ध्यान दिओस् । यसलाई खेलाँची रुपमा नलिओस् । भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको छ र भरतपुर ३ को नगर वनको विकल्प यथाशिघ्र खोजियोस्,’ उनले भने ।

उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर