सेनानी दीपेश रानाको कमान्डमा मिनुस्का मिसन हिँड्यो शान्ति सैनिकको टोली

नेपाली सेनाका सेनानी दीपेश राना मगरको नेतृत्वमा ११७ जनाको टोली मिनुस्का मिसनमा सहभागी हुन प्रस्थान गरेको छ । उक्त टोली बुधबार मिसनतर्फ प्रस्थान गरेको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ भएको मिनुस्का मिसनमा सहभागी भवानीबक्स गणको पाँचौं डफ्फा बदली गर्न उक्त टोली गएको हो ।

सोही मिसनमा कार्यरत रही कार्यकाल सम्पन्न गरेका ११६ जनाको नेपाली सैनिकहरुको टोली भने मंगलबार नेपाल फिर्ता भएको छ । उक्त टोलीको नेतृत्व सेनानी आदित्य कार्कीले गरेका थिए ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ४१ शान्ति सैनिकहरु कार्यरत रहेको सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *