हुम्ला चंखेलीका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रूद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डल्ली बुढा र ३ नम्बरका वडाध्यक्ष सालिग्राम ऐडीविरूद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा उनीहरुले अनियमितता गरेका थिए । उनीहरूले फिल्ड निर्माण कार्यमा वास्तविक काम भएको भन्दा बढी मूल्यांकन गरेको अख्तियारको आरोप छ ।

काम गरेभन्दा बढी काम भएको देखाएर बिल भरपाइ तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी ११ लाख ९४ हजार रुपैयाँ बढी भुक्तानी दिएको पाइएको, त्यसबराबर बिगो जफत गरी कैद र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *