प्रहरीका ७ एसपीको काज सरुवा, धनकुटा प्रहरी प्रमुखमा चौधरी

प्रहरी प्रधान कार्यालयले ७ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । आवश्यकताअनुसार काज खटाउनुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि प्रहरी प्रधान कार्यालयले काज खटाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा एसपी श्यामसिंह चौधरीको लाई पठाइएको छ । उनको सर्वोच्च, विशेष अदालतको समन्वय तथा सुरक्षा प्रहरी इकाइमा दरबन्दी छ । संसद्को मर्यादापालक प्रमुखमा एसपी विमल बस्नेत र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा एसपी वीरेन्द्र शाहीलाई पठाइएको छ । बस्नेतको दरबन्दी जिल्ला प्रहरी कार्यालय धनकुटा र शाहीको प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखामा छ ।

यस्तै, सर्वोच्च अदालत सुरक्षा कार्यालयमा एसपी विनोद सिलवाललाई पठाइएको छ । उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान रणनीति तथा कार्य योजनामा थिए ।

प्रहरी उपरीक्षक विमलराज कँडेललाई प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखा, बालनरसिंह राणालाई महिला बालबालिका निर्देशनालय र नान्तीराज गुरुङलाई ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरिएको छ ।

कँडेलको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, राणाको प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा बनेपा र गुरुङको वाग्मती प्रदेश प्रहरी कार्यालयमा दरबन्दी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर