अतिक्रमित सरकारी जग्गाको सूचना दिन गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्व रहेका जग्गाहरू अतिक्रमण गरेकोबारे सूचना दिन आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता जग्गाहरू कसैको नाममा दर्ता गरेको वा अतिक्रमण गरेको सूचना पठाउन अनुरोध गरेको हो ।

सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा गैरकानुनी वा अनधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्य भन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसरी अतिक्रमण वा कब्जा भएका जग्गा फिर्ता ल्याउने तथा गैर कानुनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकता साथ अघि बढाएको पनि मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार त्यसरी जग्गा अतिक्रमण गर्नेमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *