त्रिवि उपकुलपतिमा बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई आज उपकुलपतिमा नियुक्त गरेका हुन् ।

त्रिविको उपकुलपतिमा ३ जना सिफारिस भएका थिए । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

प्रधानमन्त्रीले पहिलो नम्बरमा रहेका बुढाथोकीलाई छाडेर बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

पाल्पा स्थायी घर भएका बराल माओवादी निकट मानिन्छन् । माओवादीका केही नेताले भने बुढाथोकीलाई उपकुलपति बनाउन चाहेका थिए । बुढाथोकी पनि माओवादी निकट रहेको र उनलाई उपकुलपति बनाउनकै लागि प्रस्तुतीकरणमा बढी नम्बर दिएर पहिलो नम्बरमा पारिएको आरोप थियो ।

तर, प्रधानमन्त्रीको रोजाइमा रहेका बरालले बुढाथोकीलाई उछिनेका हुन् । बराल २०६४ देखि २०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । त्यसपछि उनले त्रिविअन्तर्गतको पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन संकायमा रहेका उनले दुई वर्षअघि अवकाश पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *