उच्च अदालत पुगे सन्दीप लामिछाने, चैत १२ मा पहिलो पेशी

क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका छन् । लामिछानेलाई बलात्कार मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

उक्त फैसला बदरको मागसहित उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् । पहिलो पेशी आगामी १२ चैतमा तोकिएको छ ।

लामिछानेका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन माग गरिएको छ । जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर