नेपाललाई धर्मनिरपेक्ष बनाउनु दुर्भाग्य : शशांक कोइराला

कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाललाई धर्मनिरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन् ।

बिहीबार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए । उनले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताए । उनले ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताए ।

‘धर्म सम्बन्धी एउटा कुरा हो । धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ । धर्म स्वतन्त्र हुन्छ । चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो । धर्म स्वतन्त्र हुन्छ । तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायाँै, यो गलत हो । हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ । गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस् । नेपाली कांग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन कांग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन । चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ,’ उनले भने ।

उनले चुनावभन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर