प्रसुती गृहबाट बच्चा चोरी, अज्ञात महिलाको खोजीमा प्रहरी

प्रसुती गृहका नामले चर्चित थापाथलीमा रहेको परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा हराएको छ। लाइनमा उभिएकी एक महिलाले बच्चा लिएर गायब भएपछि चोरी भएको अनुमान प्रहरीले गरेको छ ।

उपत्यका प्रहरीका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका प्रहरीका सबै युनिटले सर्च अपरेशन गरिरहेका छन् । प्रहरीले काठमाडौंबाट बाहिरीने सीमा नाकामा कडाई गरेको छ । यस्तै क्लोज सर्किट क्यामरामा कैद भएकी ती महिलाको खोजी तिब्र पारिएको छ । याे अपरेशन शुक्रबार अपरान्हबाट चलेपनि प्रहरीले समाचार तयारगर्दासम्म ती अज्ञात महिलाकाे कुनै सुराक पाउन सकेकाे छैन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको छ। बच्चा खोजीका लागी प्रहरी टोली खटिइसकेको उनले बताए। उनले डीएसपीकाे नेतृत्वमा बच्चा र घटनामा संलग्न महिलाकाे खाेजीमा एउटा विशेष टाेली खटिएकाे पर्दाफासलाई बताए ।

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै जाहेरी परेको हो। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्।

बच्चा लिएको केहीबेरमै ती महिला भागेको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो करिब १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *