
अभ्यास शान्ति प्रयास तालिमको निरीक्षणमा प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्माले शनिबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन् ।
प्रधानसेनापतिलाई केन्द्रपतिले अभ्यासबारे जानकारी दिए । सो अवसरमा प्रधानसेनापति शर्माले तालिम सम्बन्धित विभिन्न कक्षा तथा अभ्यासहरूको अवलोकन गर्नुका साथै सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।
अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई) सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि अभ्यास तालिम सुरु भएको हो, जसमा नेपालसहित १९ राष्ट्रका सैनिकहरु सम्मिलित छन् । उक्त अभ्यास फागुन २१ सम्म सञ्चालन हुनेछ ।
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
- रेशम चौधरीको पक्राउ सामान्य त्रुटी मात्रै होइन : सीके राउत
प्रतिक्रिया