सशस्त्र प्रहरीकाे बिपद् उद्धार टिमले भिरमा फेला पार्यो बेपत्ता जर्मन पर्यटक

कास्की जिल्लामा बेपत्ता जर्मन पर्यटक सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले मृत अवस्थामा फेला पारेको छ ।

पोखरा फर्कनेक्रममा शनिवार साँझ कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका-१ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर आफ्नो जर्मन केटी साथी बेपत्ता भएको भन्दै अमेरिकन युवकले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण कास्की बाट खोजतलासको लागि १५ जनाको बिशेष खोज तथा उद्दार टिम रातीनै परिचालन भएको थियो ।

खोजतलासका क्रममा आइतबार बिहान सोही भिरको रुखमा अड्किएको अवस्थामा उनको शब भेटिएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार शव स्थानीय प्रहरीकाे जिम्मा लगाइएकाे छ।

बलको उद्धार टोलीले भिरबाट डोरिको सहायतामा रोप रेस्क्यु विधि मार्फत शबलाइ निकालेको छ । मृत्युु हुनेमा जर्मन नागरिक करिब २१ बर्षिया पिया जोस रहेको डीएसपी थापाले बताए । सूचनादिने अमेरिकी युवकलाई प्रहरीले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरीले शवकाे पाेष्टमार्टमपछि घटनाका विषयमा थप खुलासा हुने जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *