एड्मिरल जोहन सि अक्विलिनोद्वारा संयुक्त सैन्य अभ्यासको अवलोकन

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका प्रमुख एड्मिरल जोहन सि अक्विलिनो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ को आइतबारअवलोकन गरेका छन् ।

एड्मिरल अक्विलिनोलाई आयोजकले अभ्यास संचालन सम्वन्धमा जानकारी गराएको थियो । एड्मिरल अक्विलिनोले अभ्याससँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक गतिविधिहरुको अवलोकन तथा सहभागीहरूसँग अन्तर्क्रिया गरेको नेपाली सेनाले जनाएको छ । उनले अभ्यास शान्ति प्रयास–४ को सफल आयोजनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा सहभागीहुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमतामा अभिवृद्धि गराउने बताए । उनले नेपाली सेनासँग यस किसिमको बहुराष्ट्रिय अभ्यासमा सहकार्य गर्न पाउँदा खुसी लागेको कुरा व्यक्त गर्दै अभ्यासमा सहभागी सबैलाई आभार प्रकट गरे ।

भ्रमणका दौरान बलाधिकृत रथी अशोकराज सिग्देलको उपस्थिति थियो । यस्तै, रथीवृन्द, अधिकृत वर्गका साथै अभ्याससँग सम्बन्धितहरुको उपस्थिति थियो ।

शनिवार नेपाल आएका एड्मिरल अक्विलिनोलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सिग्देलले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर