![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![७० लाखको कपडासहित ट्रक प्रहरीको नियन्त्रणमा](https://www.pardafas.com/wp-content/uploads/2024/02/track.jpg)
पर्साको वीरगञ्ज महानगरपालिका-२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।
लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया