प्रतिनिधिसभा बैठक सुरु, सांसदको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुरु भएको छ । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

यसअघिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर