विवादमा परेका मन्त्री र सांसदमाथि छानबिन गर्न गगन थापाको माग

कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद् आरोप प्रत्यारोपमै सीमित बनेको बताएका छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा उनले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसद्मा गहन विषयमा छलफल हुन नपाएको गुनासो गरे ।

उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाई निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे । उनले सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाई अनुसन्धान गर्न जरुरी रहेको बताए ।

‘विगत केही दिनदेखि यताकोले उता पक्ष र उताकोले यताको पक्षको दाग देखाउने काम भइरहेको छ । यही पाराले त न संसद् राम्रोसँग चल्ने भयो, मुल विषय पनि छायाँमा पर्ने भयो । आसनको दायाँ बस्ने होस् की बायाँ बस्ने होस्, काखैको होस् की पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔँ । अनि सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाएर अनुसन्धान गर्न लगाऔँ । यत्ति गर्नसके होला ? निर्दोष भए फर्किएर आउला, फूलमाला लगएर स्वागत गरौँला । दोषी भए दण्ड व्यहोर्नु होला । अलि सफा गर्नसके मिटरब्याज, दुध किसानको बारेमा, एनसेलको प्रतिवदेनको बारेमा जमेर छलफल गर्न सकिन्छ,’ उनले भने ।

महामन्त्री थापाले संसद सफा गर्नसकेमात्रै मिटरब्याज, दुध किसानको समस्या समाधानका बारेमा छलफल गर्न सकिने बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर