लोसपा परित्याग गर्दै राजेन्द्र महतोले गरे नयाँ अभियानको घोषणा

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी परित्याग गरेको र नयाँ मोर्चा सुरु गरेको जानकारी दिएका हुन् ।

उनले ‘बहुराष्ट्रिय राज्य’ स्थापनाका लागि आफूले राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान थालेको बताएका हुन् । हाल अभियानको रुपमा रहेको र पार्टीको आकार नलिइसकेको जानकारी दिँदै उनले यो अभियानमा विचार मिल्ने जो कोही पनि सहभागी हुनसक्ने बताए ।

‘हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर