पुरुष र महिला क्रिकेट खेलाडीको ग्रेड वर्गीकरण, मासिक १ लाखसम्मको तलब

नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडी ग्रेड वर्गीकरण गरी सार्वजनिक गरेको छ । क्यानको फाल्गुन १२ र १४ बसेको केन्द्रिय कार्यसमितिको बोर्ड बैठकले केन्द्रीय सम्झौताका लागि खेलाडीहरु ग्रेड निर्धारण र तलबको निर्णय गरेको हो ।

क्यानले पुरुषतर्फ ३० खेलाडी र महिलातर्फ १९ जनालाई केन्द्रीय सम्झौतामा राख्दै ग्रेडिङ गरेको हो । क्यानको निर्णयअनुसार पुरुषतर्फ राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलसहित ६ खेलाडीले मासिक १ लाख तलब पाउने भएका छन् ।

ग्रेड एमा रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल छन् । यस्तै, ग्रेड बीमा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा छन् ।

ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी छन् भने ग्रेड डीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ छन् ।

क्यानले इमर्जिङ क्याटगोरीमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामीलाई राखेको छ ।

पुरुषतर्फ बी ग्रेडमा परेकालाई ७० हजार, सीलाई ५५ हजार, डीलाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ मासिक तलब दिइने क्यानले जनाएको छ ।

महिलातर्फ ग्रेड एमा इन्दु वर्मा, रुविना क्षेत्री, सीता रानामगर, ग्रेड बीमा कविता कुँवर, ग्रेड सीमा पुजा महतो, अश्मिना कर्मचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल परेका छन् ।

इमर्जीङमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन छन् ।

महिलातर्फ ए ग्रेडका खेलाडीले ५० हजार, बीले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार तथा इमर्जिङ क्याटगोरीका खेलाडीले २० हजार रुपैयाँ मासिक तलब पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर