इलाम र बझाङको उपचुनावका लागि चैत २४ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले इलाम–२ र बझाङ १ (१) मा उपचुनावका लागि चैत २४ मा उम्मेदवारी दर्ता गरिने जनाएको छ । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १(१) मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार फागुन १६ देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम र चैत २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । यस्तै, उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ देखि ३० गते सम्मको म्याद दिइएको छ ।

चैत २२ मा मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २४ देखि २७ सम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने सूचनामा उल्लेख छ ।

यस्तै, चैत २४ मा उम्मेदवारको मनोनयन दर्ता र चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ । चैत २८ देखि २०८१ वैशाख १२ सम्म प्रचारप्रसारको अवधि रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *