संसद भवनमा मिटरब्याजपीडित प्रवेश घटना : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

संसद भवनमा आज मिटरब्याज पीडित प्रवेशको घटना अनुसन्धान गर्न प्रहरीले छानबिन समिति गठन गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे रहेको एसएसपी मैनालीले पर्दाफासलाई जानकारी दिए ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा मिटरब्याजबाट पीडित ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु संसद् भवनभित्रै प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर