माओवादी स्थायी समिति बैठक आज बस्दै

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक आज बस्दै छ।मंगलबार बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

यसअघि आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो। आइतबार दिउँसो पनि बस्दै नबसी स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो।

आजको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।

बैठकमा तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए। माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालनका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर