आज एकै दिन आठवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका आज ८ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् ।

जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिउँसो २ बजेका लागि बोलाइएको छ।

महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *