प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र सेन्चुरी बैंकका तत्कालिन सीइओ तुलसीराम गौतमसहित १० जना पक्राउ

प्रहरीले ऋण प्रवाहमा अनियमितता गरेकाे आराेपमा तत्कालिन सेन्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनाेज न्याैपानेलाई नियन्त्रणमा लिएकाे छ। उनी हाल  प्रभु बैंककाे डेपुटी सीईओ छन् ।

यस्तै सेन्चुरीकै पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूराेले न्याैपाने र गाैतमसहितलाई नियन्त्रणमा लिएकाे हाे । ब्यूराे प्रमुख एआईजी किरण बज्राचार्यले घटनाकाे पुष्टि गरेकी छन् । उनले नेपाल राष्ट्र बैंककाे जाहेरीमा न्याैपाने र गाैतमसहितलाई पक्राउ गरिएकाे पर्दाफासलाई बताइन्।

उनीहरुले सेन्चुरीलाई प्रभु बैंकले प्राप्तीगर्नुअघि कमसल धिताे राखेर ऋण प्रवाह गरेकाे पाइएपछि राष्ट्र बैंकले सीआइबीलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेकाे थियाे ।

ब्युराेले अनुसन्धानपछि मंगलबार विशेष कारबाही चलाएर बैंकका कर्मचारीसहित अन्यलाई पक्राउ गरेकाे हाे ।

ब्यूराेले घटनामा संलग्न अन्यलाई पक्राउका लागि अपरेशन गरिरहेकाे छ।

*सच्चाइएकाे

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *