बाराको वर्कसपमा विस्फोट : मर्नेको संख्या ३ पुग्यो

बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजतको मृत्यु भएको हो । विस्फोटमा घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीलले जनाएको छ ।

घाइते अन्य ३ जना अझै उपचाररत छन् । उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा छन् ।

प्रहरीका अनुसार सोमबार कवाडी सञ्चालक राज जैसवालले शंकास्पद वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको थियो । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजमा ल्याएका थिए ।

विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जाँदै गर्दा पक्राउ परेका छन् । विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिएको पनि बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर