कम्युनिस्ट नेता बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर

सवारी ज्यान मुद्दामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला दोषी ठहर भएका छन् ।

आइतबार जिल्ला अदालत दाङले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय गर्ने आदेश दिएको हो । न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै एक वर्ष जेल सजाय र दुई हजार रुपैयाँ सजाय सुनाएको छ ।

नेता बाँस्तोला गत कात्तिक २ मा दशैं मनाउन स्थायी घर सुर्खेत जाने क्रममा उनले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले दाङमा रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक २९ वर्षीय वसन्तराम चौधरी घाइते भई उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले त्यतिबेलै बाँस्तोलालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर