धरानमा विमानस्थल बनाउन सम्भव नरहेको उड्डयन प्राधिकरणको निष्कर्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको बताएको छ । विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनअनुसार धरानमा विमानस्थल निर्माण नीतिगत व्यवस्था विपरीत हुने प्राधिकरणले उल्लेख गरेको हो ।

‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था हवाई नीति, २०६३ मा उल्लेख छ । तर, धरानमा विमानस्थल बनाउँदा त्यो नीतिविपरीत हुने, आर्थिक विश्लेषणपछि सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे अप्रोच मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको प्राधिकरणले जनाएको छ ।

अन्य प्राविधिक तथा सञ्चालनसम्बन्धी अवरोधले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न उपयुक्त नरहेको प्राधिकरणको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *