नामिबियालाई नेदरल्यान्ड्सको २ सय ४८ रनको लक्ष्य

त्रिदेशीय ट्वान्टी–२० शृंखलाको आजको खेलमा शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रनको लक्ष्य दिएको हो ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन रसाइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन बनाए । नामिबियाका लागि ट्रम्पलम्यानले २ विकेट लिए ।

यही शृंखलामा यसअघि भएका दुई खेलमा नेपाल नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *