अब विदेशस्थित नेपाली नियोगबाटै नेपालीको जन्म र मृत्यु दर्ता

सरकारले विदेशस्थित नेपाली नियोगबाटै नेपाली नागरिकको जन्म र मृत्यु दर्ता सुरु गर्ने भएको छ । फागुन २१ देखि दर्ता सेवा सुरु गरिने गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै उल्लेख गरेको छ ।

विभागका अनुसार हाल धेरै नेपाली रहेका १५ देशमा यो सेवा सुरु हुनेछ । चीन, जापान, फ्रान्स, कतार, स्पेन, बेलायत, अस्ट्रेलिया, अमेरिका जर्मन, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, युएई, थाइल्यान्ड र क्यानडामा सेवा सुरु हुने विभागले जनाएको छ ।

मृत्यु दर्ताका लागि मृतकको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानी र स्वास्थ्य संस्थाद्वारा जारी गरिएको मृत्युको प्रमाण पेस गर्नुपर्ने पनि विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *