राष्ट्रियसभा अध्यक्षबारे छलफल गर्न कांग्रेस सभापतिले बोलाए बैठक

कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति, महामन्त्रीलगायत पदाधिकारीलाई बोलाएका छन् । आज अपराह्न हुने बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्षको चुनाव, केन्द्रीय समितिको बैठक आह्वान लगायत विषयमा छलफल हुने भएको छ । सत्तारुढ दल कांग्रेसले आगामी फागुन २९ मा हुने राष्ट्रियसभा अध्यक्षको चुनावमा कृष्णप्रसाद सिटौलालाई उठाउने तयारी गरिरहेको छ ।

तर, बुधबार बसेको सत्तारुढ माओवादी केन्द्रको बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दाबेदारी रहने भन्ने निर्णय गरेपछि सभापति देउवाले यस विषयमा छलफलका लागि बैठक डाकेका हुन् । गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा गठबन्धन गरेर निर्वाचन लडेको र हाल गठबन्धनकै सरकार रहेको बेलामा कांग्रेस र माओवादी दुवै राष्ट्रियसभा अध्यक्षमा दाबी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको आजको पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठक आह्वानका विषयमा पनि छलफल हुने भएको हो । कांग्रेसको महासमिति बैठकले पारित गरेका प्रस्तावहरुलाई केन्द्रीय समितिले निर्णय लिने जनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *