विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनल नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन नसकेको बताएका हुन् ।

उनले मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे । उनले यो स्थितित जटिल परिस्थितिको संकेत भएको बताए ।

राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए । प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस ग¥यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने उनको भनाइ छ ।

‘यो अन्तरविरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुछ । त्यसमा दृढताकासाथ अघि बढ्नुपर्छ । एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौति छ । सिंहदरबारको स्थिति कस्तो छ भन्ने समीक्षा गर्दा सिंहदरबार त विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा त्यस्तो नभइरहेको अनुभुति हामीलाई भएको छ । कामकाजलाई नयाँ गति दिने संकल्प गरिएको थियो तर एक दुई महिना बित्दा नबित्दै शिथिल हुन खोजेको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महशुस आफूले गरेको बताए । उनले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर